arin enterprises

युरोकपको लागि रामोस बिना नै स्पेनको टिम घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ११, मंगलबार

युरोकपको लागि स्पेन तथा रियल म्याड्रिड का कप्तान सर्जियो रामोस बिना स्पेनको टिम घोषणा भएको छ  ।

गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका कारण मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तान रामोसलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका हो ।

प्रशिक्षक लुईसले रामोसलाई टिममा लिन चाहेको र चोटका कारण अहिले प्रतिस्पर्धा वा प्रशिक्षण गर्न सक्षम नभएकोले रामोस बिना नै २६ जनाको टिमा बनाएको जानकारी दिए ।

रियल म्याड्रिडका रामोसले यस सिजन ला लिगामा १५ खेल मात्र खेलेका छन् । यस्तै रामोसले युरो कप छनोटका १० मध्य ९ खेलमा मात्र मैदान उत्रिएका थिए ।

उनी स्पेनका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले स्पेनबाट सर्वाधिक १ सय ८० क्याप जितेका छन् । सन् २००८ मा युरो कप स्पेनले जित्दा रामोस टिमका मुख्य सदस्य थिए ।

स्पेनिस टिममा रियलका कुनैपनि खेलाडी अटाएका छैनन् ।

यस महिनाको सुरुवातमा फ्रान्सको नागरिकता त्याग्दै स्पेन आएका म्यान्चेष्टर सिटीका सेन्टर ब्याक आयमेरिक लापोर्ट भने टिममा समावेश भएका छन् ।

सिटीले यस सिजन एक मात्र प्रिमियर लिगको खेलमा सुरुवाती रोजाईमा मैदान उतारेका एरिक गार्सियालाई पनि टिममा राखिएको छ ।

स्पेन समूह ई मा रहेको छ । यस समूहमा स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेको छ ।

स्पेनिस टिम

गोलकिपर: उनई सिमोन, डेभिड डे गेया, रोबर्ट सान्चेज

डिफेन्डर :  जोस गाया, जोर्डी अल्बा, पाउ टोरेश, एमेरिक लापोर्टे, इरिक गार्सिया, डिएगो लोरेन्टे, सेसर अस्पिलेक्वेटा

मिडफिल्डर: सर्जियो बुस्केट, रोद्री, पेड्री, थियागो अल्कान्टारा, कोके, फाबियन रुइज, मार्कोस लोरेन्टे

फरवार्ड: ड्यानी ओल्मो, मिकेल ओयारजाबाल, अल्भारो मोराटा, जेराल्ड मोरेनो, फेरान टोरेश, एडमा ट्राओरे, पाब्लो साराबिया

Categorized in स्पाेर्ट्स