मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ ।
सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सेनाले राष्ट्रप्रमुखहरूलाई नियन्त्रणमा लिएसँगै देशमा एकै वर्षमा दुई पटक सैन्य कू भएको आशंका गरिएको छ ।
अघिल्लोपटक सैन्य कूमा सामेल भएका दुई वरिष्ठ सैन्य कमाण्डरलाई सरकारबाट हटाएपछि केही घण्टामै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । दुई महिना अघि पनि सैन्य कू हुँदा राष्ट्रपति इब्राहिम बुबाकर काइतालाई हटाइएको थियो ।
सेनाको यो कदमपछि मालीमा रहेको संयुक्त राष्ट्रसंघको मिसन, राष्ट्रसंघसहित अफ्रिकी संघ, इकोनोमिक कम्युनिटी अफ बेस्ट अफ्रिकन स्टेट्स, युरोपियन युनियन र अमेरिकाले आलोचना गर्दै सेनाको नियन्त्रणमा रहेको नेताहरूलाई छाड्न अपिल गरेको छ ।
यसअघि भएको सैन्य कू को फाइदा उठाउँदै इस्लामिक चरमपन्थीहरूले उत्तरी मालीको एक हिस्सामा कब्जा गरेका थिए ।
उक्त समयमा फ्रान्सको सेनाले जमिन फर्काउन मालीलाई सहयोग गरेको थियो । यद्यपि अहिले पनि चरमपन्थीहरूको आक्रमण भने रोकिएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय
