arin enterprises

वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्

SamacharDesk – बिजयरत्न | २०७८ जेठ १२, बुधबार

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो ।

उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए ।

कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका शाक्यको पछिल्लो समय भने पीसीआर रिपोर्ट नेगेटिभ आएको परिवारले जनाएको छ ।

नयाँ नयाँ शैली र सृजनामा तल्लीन रहने वरिष्ठ गायक शाक्य आफ्नै टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा हुनुहुन्थ्यो । पछिल्लो पटक गएको २०७५ मंसीर २५ गतेका दिन ललितपुरको आफ्नै जन्मटोल हःखामा उनको एकल साँगितिक कार्यक्रम ‘ओ प्रिय लिफः स्वयाः’ को आयोजना भएको थियो ।

उनको जन्म २०१३ को मंसीर महिनामा बुबा बुद्धिराज शाक्य र आमा नानीबेति शाक्यको कोखबाट उनको जन्म भएको हो । सांस्कृतिक संस्थानबाट सेवानिवृत्त वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक हुनुहुन्थ्यो ।

विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककलगायत विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसक्नु भएको छ ।

नेपाली र नेपालभाषा गरी २५० भन्दा बढि गीत गाउनुभएका उनले ५ वटा गीति संग्रहसमेत प्रकाशन गर्नुका साथै ४ वटा एकल शोहरुसमेत गरिसक्नु भएको छ ।

नेपालभाषाको संगीत क्षेत्रमा अहिलेको पुस्तामा निकै चर्चित गीत ‘छन्त जिं नापलाः वये घण्टाघरया क्वय्’ का संगीतकार पनि शाक्य नै हुन् ।

उहाँ कलाकार परिषदका संस्थापक अध्यक्ष नेवाः गुहालि पुचः,हःखा र हःखा टोल सुधार संघका सल्लाहकार पनि थिए ।

Categorized in पेजथ्री