arin enterprises

काठमाडाैं महानगरमा भोलिबाट एन्टिजेन परीक्षण हुँदै

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १३, बिहिबार

काठमाडौँ महानगरले भोलिबाट एन्टिजेनमा आधारित वृहत कोभिड १९ परीक्षण सुरु गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा भोलिबाट महानगरले एन्टिजेनमा आधारित वृहत परिक्षण शुरु गर्न लागेको हो ।

परीक्षणको पहिलो दिन भोलि शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ । परीक्षणको रिपोर्ट तत्कालै आउने बताइएकोछ ।

हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार शनिबार वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

यसैगरी आइतबार १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोभिड सम्पर्क अधिकारी ज्ञानबहादुर ओली बताउनुहुन्छ । य

सैगरी सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । मंगलबार ७, ९, १३, १५, २६, २९ र ३१ का केन्द्रमा परीक्षण हुनेछ ।

समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिन लागेको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

महानगरले लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ ।

परीक्षण, केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरले क्लिनिक इन्चार्जहरुको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुहाेला : महानगरले ५ दिनमा ५० हजारकाे एन्टिजेन परिक्षण गर्ने

Categorized in स्थानीय