arin enterprises

एकैदिन करीब १० हजार संक्रणममुक्त

SamacharDesk – बिकाश | २०७८ जेठ १४, शुक्रबार

निको नेपालमा एकै दिनमा कोभिड १९ को संक्रमण निको हुनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक निको हुनेको संख्या १० हजारको नजिक रहेको छ ।

गएको २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८ हजार ६७० जना संक्रमित संक्रमणमुक्त भइसके ।

नेपालमा कोभिड संक्रमण मुक्त हुनेको दर ७८ दशमलव एक प्रतिशत पुगेको छ ।

नयाँ संक्रमितको संख्या भने निको हुनेको संख्या भन्दा करीब ३ हजारले कम छ । पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना नयाँ संक्रमित थप भएका छन् ।

जम्मा २० हजार ११० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३४ दशमलव ५६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

१९ हजार ३१३ आरटी पिसिआर परिक्षणमा ६ हजार ८५५ र ७९७ जनाको एन्टिजेन परिक्षणमा ९६ जना संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमितमध्ये १७९ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि १९ वर्ष उमेर समूहका ६३७ जना छन् । योसँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

हाल एक लाख १३ हजार ३९४ सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ५ हजार ४४४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ९५० जना विभिन्न संस्थागत आइसोलेसमा उपचाररत छन् ।

आइसीयूमा रहेका एक हजार ६२७ जनामध्ये ४५० जना भेन्टिलेटरमा छन् ।

थप ९६ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । 

Categorized in राष्ट्रिय