arin enterprises

समस्यामा परेकालाई राहत वितरण गर्दै १५ वडाका युवाहरु

SamacharDesk – बिकाश | २०७८ जेठ १४, शुक्रबार

काठमाडौं उपत्यकामा आज शुक्रबारबाट निषेधाज्ञा अझ कडाई गर्दै एक हप्ताका लागि थप गरिएको छ ।

गत बैसाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण पछिल्लो दिनमा आएर दिनहुँ श्रम गरेर हातमुख जोड्नुपर्ने श्रमिक एवम् निमुखा वर्गलाई भने समस्या हुन थालेको छ ।

यससँगै कामधन्दा सबै बन्द भई आम्दानी बन्द हुँदा समस्यामा परेकाहरुको लागि विभिन्न सहयोगी हातहरु पनि बढ्न थालेका छन् ।

यसै क्रममा काठमाडौं महानगरपालिका १५ मा समस्यामा परेकाहरुको लागि राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले राहत वितरणलाई निरन्तरता दिएको छ ।

महामारीको अवस्थामा कसैले पनि रोगले अथवा भोकले मृत्युवरण गर्न नपरोस् भन्दै आफुहरु राहत वितरणमा जुटेको कमिटी सदस्य उद्धव खड्गीले बताउनुभयो ।

गत सोमबारदेखि कमिटीले समस्या भएको खबर आए अनुसार गरीब एवम् निमुखा वर्गलाई राहत वितरण गरीरहेको कमिटीले जानकारी दिएको छ ।

Categorized in समाज