arin enterprises

चीनका दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १७, सोमबार

चीनले आफ्नो मुलुकको दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अनुमति दिने निर्णय गरेको छ ।

जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेपछि यस्तो घोषणा गरेको हो ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गरेको हो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो ।

यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन । 

Categorized in अन्तर्राष्ट्रिय