आईसीसीले एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा सहभागी टिमको संख्या बढायो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १९, बुधबार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप र टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ ।
मंगलबार आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टी–२० विश्वकपमा २० बनाउने निर्णय गरेको छ ।
आईसीसीले २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने र २०२४, २०२६, २०२८ र २०३० को टी–२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दा टी–२० विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए । तर, यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा भने १६ टिमले नै खेल्ने छन् । य
स्तै सन् आईसीसीले २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–२० विश्वकप आयोजना गर्ने निर्णय समेत जनाएको छ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने र २०२५ र २०२९ मा ८ टिमको सहभागीमा च्याम्पियन्स ट्रफी आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।
Categorized in स्पाेर्ट्स
