६ हजार ६५३ संक्रमित थप, ८ हजार ६६३ निको
SamacharDesk – बिकाश | २०७८ जेठ २१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ हजार ६५३ नयाँ संक्रमित भेटिएका छन् ।
जम्मा २० हजार ८१३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १४ हजार १८२ आरटी पिसिआर परिक्षणमा ४ हजार ६२४ र ६ हजार ६३१ एन्टिजेन परिक्षणमा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १२६ जना १० वर्ष मुनिका बालबालिका छन् भने ४५४ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । योसँगै ५ लाख ८१ हजार ५६० जनालाई कोरोना संक्रमण भइसकेको छ ।
सक्रिय संक्रमितको संख्या एक लाख भन्दा तल आएको छ । ९७ हजार ६९९ जना सक्रिय संक्रमित उपचाररत छन् । ९० हजार ८९२ जना होम आइसोलेसनमा छन् भने ६ हजार ८०७ जना संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा रहेका एक हजार ४२२ जनामध्ये ४०४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक ८ हजार ६६३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ४ लाख ७६ हजार १३० जना संक्रमित निको भइसकेका छन् । नेपालमा कोभिड संक्रमण निको हुनेको दर ८१ दशमलव ९ प्रतिशत रहेको छ ।
थप १०१ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ७ हजार ७३१ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय