arin enterprises

कोभिड १९ संक्रमण हुनेको कुल संख्या ६ लाख नजिक

SamacharDesk – बिकाश | २०७८ जेठ २२, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५ हजार ४२ जना नयाँ संक्रमित भेटिएका छन् ।

जम्मा १६ हजार ८१४ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २९ दशमलव ९८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

११ हजार ४७१ जनाको आरटी पिसिआरमा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परिक्षणमा एक हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १० वर्ष मुनिका बालबालिका १२५ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका ३४५ जना छन् ।

नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाखको नजिक पुगेको छ । हालसम्म ५ लाख ९८ हजार २०४ जना कोभिड १९ बाट संक्रमित भइसके ।

हाल ९२ हजार ९२८ जना सक्रिय संक्रमित उपचाररत छन् । ८६ हजार २६८ जना होम आइसोलेसनमा छन् भने ६ हजार ६६० जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत एक हजार ४५१ जनामध्ये ३८४ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो पटक ८ हजार २४३ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ४ लाख ८४ हजार ३७३ जना संक्रमित संक्रमणमुक्त भइसके ।

कोभिड १९ संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।

Categorized in राष्ट्रिय