उमेरको आधारमा खोप दिने दिन ताेकियाे
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २४, सोमबार

भोलिबाट काठमाडौँ महानगर क्षेत्रमा ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसिलको पहिलो मात्रा दिइँदैछ ।
यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो ।
खोप कार्यक्रममा भीड कम गराउन उमेरको आधारमा खोप दिने दिन तय गरिएको छ ।
सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।
तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । कोभिड संक्रमितको सवालमा संक्रमण निको भएको एक महिना पूरा भएपछि मात्र खोप लगाउन सकिने बताइएको छ ।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यस्ताे कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।
यसैबीच भोलिबाट सञ्चालन हुने कोभिड विरुद्धको खोप कार्यक्रमका लागि काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्रको नाम सार्वजनिक गरेको छ । प्रत्येक वडामा एउटा खोप केन्द्र संचालन हुने बताइएको छ ।
काठमाडौं महानगर भित्रका ३२ वटा वडाका ३२ खोप केन्द्रको नाम महानगरले सार्वजनिक गरेको हो । उमेरको हिसाबले खोप लिने दिनमा नजिकको खोप केन्द्रमा गई खोप लिन महानगरले आग्रह गरेको छ ।
वडा खोप केन्द्रको नाम :
वडा नम्बर १ – नन्दी रात्री स्कुल, नक्साल
वडा नम्बर २ – वडा कार्यालय, लाजिम्पाट
वडा नम्बर ३ – वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
वडा नम्बर ४ – वडा कार्यालय, वालुवाटार
वडा नम्बर ५ – वडा कार्यालय, हाँडीगाउँ
वडा नम्बर ६ – महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
वडा नम्बर ७ – वडा कार्यालय, मित्रपार्क, चावहिल
वडा नम्बर ८ – गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
वडा नम्बर ९ – अनुपम फुडल्याण्ड, बत्तीस पुतली
वडा नम्बर १० – म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
वडा नम्बर ११ – विश्व निकेतन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
वडा नम्बर १२ – बुद्ध माई अस्पताल, टेकु
वडा नम्बर १३ – जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
वडा नम्बर १४ – वडा कार्यालय, भुवनेश्वरी कलंकी
वडा नम्बर १५ – भुइखेल चौर, स्वयम्भू
वडा नम्बर १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
वडा नम्बर १७ – पब्लिक युथ क्याम्पस, धोवी चौर
वडा नम्बर १८ – पुष्पलाल पार्क, विष्णुमती किनार
वडा नम्बर १९ – वडा १९ कार्यालय परिसर
वडा नम्बर २० – शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
वडा नम्बर २१ – सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
वडा नम्बर २२ – वडा कार्यालय, टेवहाल
वडा नम्बर २३ – नव आदर्श विद्यालय, बसन्तपुर
वडा नम्बर २४ – इतुमबहाल, तारणीबहाल
वडा नम्बर २५ – कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
वडा नम्बर २६ – वडा कार्यालय परिसर, लैनचौर
वडा नम्बर २७ – महावौद्ध चोक
वडा नम्बर २८ – कार्यालय परिसर, सिटी मार्केट
वडा नम्बर २९ – विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
वडा नम्बर ३० – सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
वडा नम्बर ३१ – इ. पि. यस. स्कूल, मीनभवन
वडा नम्बर ३२ – वडा कार्यालय परिसर, पाल्पाकोट
Categorized in स्थानीय