arin enterprises

फोहोरको दिगो व्यवस्थापन सम्वन्धि परियोजनाको सम्झौता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २६, बुधबार

सम्पन्न काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्ध्दन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता भएको छ ।

आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डविच सो सम्झौता भएको हो ।

सम्झौतामा महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पछि बोल्दै महानगर प्रमुख शाक्यले, परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पुर्‍याउन सहज हुने प्रतिक्रिया दिनुभयो ।

‘स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न हामीले लगानी बढाएका छौँ । पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट हामी लक्ष्य पूरा गर्नेछौँ’ शाक्यले भन्नुभयो ।

प्रमुख शाक्यले अहिले कोभिड महामारी व्यवस्थापनमा महानगरले गरिरहेका कामका बारेमा चर्चा गर्दै, सबैलाई कोभिड विरुद्धको खोप दिन सरकारसँग मिलेर काम गरिरहेकाले हतास नहुन आग्रह गर्नुभयो ।

पहिले खोपमा चासो नभएको र अहिले चाप बढी भएको अनुभव सुनाउँदै उहाँले, गलत सूचनाको शिकार नहुन आग्रह गर्नुभयो ।

परियोजनाका विषयमा कुरा गर्दै डा. फेबोलले प्रयोगशाला स्थापना, जनशक्ति थप गर्ने, चिकित्सकीय सामाग्री तथा उपकरण थप गर्ने योजना सुनाउनुभयो ।

सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहोर्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछ ।

सम्झौताबमोजिमकाे स्वास्थ्य प्रवर्ध्दन केन्द्र वडा १९ मा स्थापना भएपनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाटसमेत सेवा दिइने बताइएको छ ।

Categorized in स्थानीय