संक्रमण निको हुने दर ८६ प्रतिशत नजिक
SamacharDesk – बिकाश | २०७८ जेठ २७, बिहिबार

नेपालमा कोभिड संक्रमणको वर्तमान अवस्था हेर्ने हो भने निको हुने दर बढ्दो देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ८५ दशमलव ७ प्रतिशत पुगेको छ ।
नेपालका कुल संक्रमितमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमितले संक्रमणलाई जित्दै संक्रमणमुक्त हुन सफल भएका छन् । पछिल्लो पटक ५ हजार २९३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा ६ लाख १९ हजार ४०१ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक ३ हजार ७४९ जना नयाँ संक्रमित थप भएका छन् ।
आरटि पिसिआर परिक्षणमा २ हजार ८७४ जना र एन्टिजेन परिक्षणमा ८७५ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २४ दशमलव ६० प्रतिशत संक्रमित भेटिएका हुन् ।
हाल ७७ हजार ८५८ जना सक्रिय संक्रमित उपचाररत छन् । ७२ हजार १७८ जना संक्रमित होम आइसोलेसनमा छन् भने ५ हजार ६८० जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा रहेका एक हजार २६१ जनामध्ये ३८२ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक थप ५९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ हजार २३८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय