arin enterprises

भेराेसिल खाेप आजबाट स्थगित

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २८, शुक्रबार

६० देखि ६४ बर्ष उमेर समूहका लागि दिईँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसिल आजबाट स्थगित भएको छ ।

महानगरको सहरी स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलका लागि खोप स्थगित भएको जनाएको छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गर्नुभएको सूचनामास्वास्थ्य सेवा विभागलाई उद्धृत गर्दै जिल्लाका लागि छुट्याइएको खोप संख्या सकिएको जानकारी गराइएको छ ।

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, ६०-६४ बर्ष उमेर समूहबाहेक यस अघि खोप लगाउन छुटेका र विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव टे«निङ्मा रहेका नर्सिङ् र प्यारा मेडिक्स र भेरोसिलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचयपत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ २६ गते ६३ बर्षकालाई, जेठ २७ गते ६२ बर्षकालाई खोप दिइसकिएको छ । आज ६१ बर्ष र भोलि जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने कार्यक्रम तय भएको थियो ।

Categorized in स्थानीय