युरोकप आजबाट सुरु हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २८, शुक्रबार

१६ औं संस्करणको युरोकप आजबाट सुरु हुँदैछ ।
आज इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति १२ः४५ बजे ओलम्पिक स्टेडियममा सुरु हुनेछ ।
यस पटक युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा प्रतियोगिता लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग गरि युरोपका ११ शहरमा आयोजना हुने छ ।
जुन११ देखि जुलाई ११ मा सम्म हुने युरोकपमा २४ टिमको सहभागिता रहेको छ ।
कुन समूहमा कुन टिम ?
समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड,
समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
Categorized in स्पाेर्ट्स
