सक्रिय संक्रमितको संख्यामा कमी आउँदै
SamacharDesk – बिकाश | २०७८ जेठ २९, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् ।
जम्मा १४ हजार ४९४ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा २३ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
८ हजार ५०६ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ एन्टिजेन परिक्षणमा एक हजार २ जना संक्रमित भेटिएका हुन् । तीमध्ये ७८ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका २३५ जना छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।
कुल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भइसके । पछिल्लो पटक ६ हजार २९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
पछिल्ला दिनहरुमा सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल ७१ हजार ३३७ जना सक्रिय संक्रमित उपचाररत छन् । एक हजार २०६ जना संक्रमितलाई आइसीयूमा राखेर उपचार गरिँदैछ भने तीमध्ये ३७३ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा थप ६१ जना संक्रमितको मृत्यु भएको छ । कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।
Categorized in राष्ट्रिय