युक्रेनको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ३, बिहिबार

युक्रेनले युरोकपमा पहिलो जित हात पारेको छ ।
बिहीबार रोमानियाको नेसनल एरिनामा भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गर्दै युक्रेनले पहिलो जित हात पारेको हो ।
उक्त खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफ मै अग्रता दोब्बर पारे ।
त्यसपछि खेलको ५७ औं मिनेटमा एजान एलिओस्कीले गोल फर्काएर नर्थ म्यासेडोनियालाई खेलमा फर्काउन चाहे । उनले प्रहार गरेको पेनाल्टी युक्रेनका गोलकिपर जर्जले रोके पनि रिबाउन्डमा गोल गरेका थिए ।
यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनले पाएको पेनाल्टीमा रुस्लान मालिनोभ्सकीले गोल गर्न सकेनन् । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।
खेलको बाँकी समयमा अर्को गोल नहुँदा युक्रेन २–१ ले विजयी भयो ।
यो जितसँगै युक्रेनले २ खेलमा ३ अंक जोड्दैै समूह ‘सी’को तेस्रो स्थानमा रहेको छ । अंक विहीन म्यासेडोनिया पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स