अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ४, शुक्रबार

नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले ११ औं मिनेटमो पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।
६७ औं मिनेटमा मालेनको पासमा डेन्जल डम्फ्रिइजले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।
समूह ‘सी’को नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोड्द नकआउट चरणमा पुग्ने तेस्रो बनेको छ । यस्तै अष्ट्रिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स