arin enterprises

संक्रमण निको हुनेको दर ८९ प्रतिशत

SamacharDesk – बिकाश | २०७८ आषाढ ४, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याका आधारमा २१ दशमलव २३ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

जम्मा १३ हजार ३७ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ७६८ जना नयाँ संक्रमित भेटिएका हुन् । ७ हजार ५६९ आरटी पिसिआर परिक्षणमा एक हजार ९६३ जनामा र ५ हजार ४६८ जनाको एन्टिजेन परिक्षणमा ८०५ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये १० वर्षसम्मका बालबालिका ६८ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना छन् । हालसम्म नेपालमा ६ लाख ४२ हजार ८०८ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

गएको २४ घण्टामा थप ४ हजार २० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोभिड संक्रमण निको हुनेको दर ८९ प्रतिशत पुगेको छ ।

हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । हाल ५९ हजार ६२४ सक्रिय संक्रमित उपचाररत छन् । ५५ हजार ३७५ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ हजार २४९ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा उपचाररत ८७२ जनामध्ये २४६ जना भेन्टिलेटरमा छन् ।

थप ४४ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

Categorized in राष्ट्रिय