arin enterprises

स्विडेनसँग स्लोभाकिया पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ४, शुक्रबार

 युरोकपमा स्विडेनले स्लोभाकियालाई  पराजित गरेको छ ।

शुक्रबार रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो स्लोभाकियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो  ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।

यो जितसँगै स्विडेनले २ खेलमा ४ अंक जोड्दै समूह ‘ई’ बाट नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स