ग्रीजम्यानको गोलले फ्रान्स हारबाट जोगियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ५, शनिबार

युरोकप समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार भएको खेलमा हंगेरीसँग फ्रान्सले १–१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । एटीला फिओलाले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै हंगेरीलाई अग्रता दिलाएको हो ।
तर, खेलको ६६ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै १–१ गोलको बराबरीमा फर्काएपछि फ्रान्स हारबाट जोगिएको हो ।
यो बराबरीसँगै फ्रान्सले २ खेलमा ४ अंक जोड्दै समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स
