को को हुने युरोकपको अन्तिम १६ टिम ??
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १०, बिहिबार

जारी युरोकपको नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छ ।
बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएपछि नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो ।
जसमा ६ बटा समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।
नकआउट चरणको खेलहरु भने शनिबारबाट सुरु हुनेछ ।
अन्तिम १६ का प्रतिद्वन्दीहरु
वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९ः४५ बजे
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२ः४५ बजे
नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९ः४५ बजे
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२ः४५ बजे
क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९ः४५ बजे
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२ः४५ बजे
इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९ः४५ बजे
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२ः४५ बजे
Categorized in स्पाेर्ट्स
