arin enterprises

उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशतको नजिक

SamacharDesk – बिकाश | २०७८ आषाढ १४, सोमबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५१४ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६३ हजार ३१८ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ५२ हजार १४६ जना संक्रमित संक्रमणमुक्त भइसके । पछिल्लो पटक उपत्यकामा ६१९ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ९५ दशमलव ७५ प्रतिशत रहेको छ ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ८ हजार ३९७ रहेको छ । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ४८४ जना जनरल/एचडियूमा उपचाररत छन् भने आइसीयूमा उपचाररत १८८ मध्ये ८२ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो पटक काठमाडौं, ललितपुर र भक्तपुरमा २/२ जना गरी उपत्यकामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा कोभिड संक्रमणका कारण २ लाख ७७५ जनाको मृत्यु भइसकेको छ ।

Categorized in समाज