निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७८ आषाढ २८, सोमबार

पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् ।
पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ ।
जम्मा ११ हजार ५८४ जनाको स्वाब नमूना परिक्षण गरिँदा करीब साढे २० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ६८९ आरटी पिसिआर परिक्षणमा एक हजार ६९० र ३ हजार ८९५ एन्टिजेन परिक्षणमा ६८० जनामा संक्रमण देखिएको हो ।
तीमध्ये ७७ जना १० वर्षसम्मका बालबालिका छन् भने १६३ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ७ लाख नाघेको छ । हालसम्म ७ लाख एक हजार ४५८ जना कोभिड १९ बाट संक्रमित भइसके ।
संक्रमण निको हुनेको संख्या भने ६ लाख २१ हजार २७ रहेको छ । हाल २६ हजार ७१२ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ९४७ संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७६५ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा उपचाररत ५४९ जनामध्ये १६३ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
थप १८ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमण कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ४ सय पुगेको छ ।
Categorized in राष्ट्रिय