arin enterprises

अवैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण १४, बिहिबार

भारतबाट अवैध रुपमा लुकाई ल्याइएको १ लाख बढि भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् ।

एक लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भारत जोगमुनी अहमदपुर–१६ बस्ने ३० वर्षीय मो.ईमरान र २० वर्षीय मो.कुबेरलाई पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ हजार दरका ७ थान, ५ सय दरका १ सय ९४ थान, २ सय दरका ४७ थान र १ सय दरका ३६ थान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Categorized in अपराध