arin enterprises

उखान टुक्कामा ओलीलाई पछ्याउँदै बाबुराम

SamacharDesk – बिराज | २०७८ श्रावण २१, बिहिबार

पूर्व प्रधानमन्त्री साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्काको प्रयोगमा माहिर मानिन्छ । उनी आफ्ना हरेक भाषण, सम्वोधनमा उखान टुक्काको प्रयोग गरि नै रहेका हुन्छन् ।

हरेक विषयवस्तु, प्रसङ्ग आदिमा बोल्दा उनी उखान टुक्का बोलि नै रहेका हुन्छन् । यसै कारणले त कतिले उनलाई सामाजिक संजालमा उखाने प्रधानमन्त्री भनेर समेत लेख्न भ्याए ।

पछिल्लो समय उखान टुक्काको प्रयोगमा सवालमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई पछ्याउन थालेको देखिएको छ ।

उनको पनि प्राय अभिव्यक्तिमा उखान टुक्काहरु निरन्तर जोडिँदै आइरहेका छन् ।

यस श्रावण महिनाको शुरुवातदेखिको उनको ट्वीटर ह्यान्डल हेर्ने हो भने उनले दिनकै ट्वीटहरु गरिरहेका छन् । कुनै दिनमा त चार/पाँच वटासम्म ट्वीट आउन भ्याइन्छ । ती ट्वीटहरुमा पनि उनले खुबै उखान टुक्काको प्रयोग गरिहेको हुन्छन् ।

गएको श्रावण १७ गते आइतबार मात्रै पूर्व प्रधानमन्त्री भट्टराईले एउटा ट्वीट गरे । जसपाको एकता भाँड्न उद्यत भनेर व्यङ्ग गर्दै उनले लेखेका छन्, ‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खौज्दै हिँड्छ रे!’

त्यस्को अघिल्लो दिन शनिबारका दिन तुइन काण्डको विषयमा पनि ट्वीट गरे र लेखे, ‘कुराले मात्र चिउरा भिज्दैन भन्ने वोध जिम्मेवार तहमा बसेका सबैलाई होस् !’

भट्टराईले केही दिन अघि मात्रै सत्यनिरुपण तथा मेलमिलाप आयोगका प्रमुख गणेशदत्त भट्टलाई भेटेर कुराकानी गरेछन् ।

यसबारेमा पनि जानकारी गराउँदै उनले ट्वीट गरे । उहाँको ट्वीट यस्तो थियो, ‘.... आयोगका प्रमुख गणेशदत्त भट्टसँग कुराकानी गर्दा द्वन्दपीडितका मुद्दा सरोकार पक्षले उपेक्षा गर्ने तर विचौलियाहरुले गिजोल्याइरहने हो भने बाँदरको घाउ झैं कहिल्यै नसल्टिने बुझियो ।’

गत श्रावण ११ गते गणतन्त्र विरोधीहरुलाई व्यङ्ग गर्दै एउटा ट्वीट गरे र वैकल्पिक राजनीतिको सपना बोकेका युवाहरुलाई सतर्क रहन पनि आग्रह गरे । यस ट्वीटको शुरुवातमै भट्टराईले यस्तो लेखे, ‘झिंगाको सरापले डिंगा मर्दैन !’

ओलीले कार्यपालिका र व्यवस्थापिका ध्वस्त पारेर धित नमरेर न्यायपालिकामा खड्ग चलाएको आरोप लगाए र अगाडी लेखे, ‘जो चोर उसैको ठुलो स्वर ।’

श्रावण ७ गतेको ट्वीटमा पनि निकै रमाईलो उखान लेखीछाडे । उनले शुरुमै लेखे, ‘बाघ बुढो भएपनि घाँस खाँदैन रे !’

श्रावण ४ गतेका दिन उनले प्रतिनिधि सभामा देउबा सरकारलाई विश्वासको मत दिने क्रममा जसपाको तर्फबाट आफुले विचार राख्दै गरेको भिडियो शेयर गरे । त्यसमा पनि उनले उखान टुक्का हान्न बिर्सिएनन्, ‘अभागीलाई खाने बेलामा रिस ।’

ट्वीट गर्ने क्रममा भट्टराईले नेपाली उखानमात्रै होइन, अँग्रेजी प्रभर्ब पनि लेखेका छन् । श्रावण ३ गते ओलीलाई विदा गरेको सन्दर्भ लेख्दै उनले भने, ‘Eternal vigilance is the price of liberty !’

श्रावण १ गतेको दिनमा उनले ओलीले कार्यपालिका र व्यवस्थापिका ध्वस्त पारेर धित नमरेर न्यायपालिकामा खड्ग चलाएको आरोप लगाए र अगाडी लेखे, ‘जो चोर उसैको ठुलो स्वर ।’

त्यहि दिनमा भट्टराईले अर्को एउटा ट्वीट पनि गरेका छन् । सो ट्वीटमा भने ओलीको बहिर्गमन पछि सडकमा ओर्लिएका प्रदर्शनकारीहरुलाई झटारो हानेका छन् । उनले त्यस ट्वीटमा लेखे, ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ !’

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082