arin enterprises

आज नयाँ संक्रमितको दरमा केही कमी

SamacharDesk – बिकाश | २०७८ श्रावण २१, बिहिबार

नेपालमा पछिल्ला दिनमा कोभिड संक्रमितको संख्यामा बृद्धि भएसँगै तेश्रो लहरको त्रास पनि बढेको अवस्था छ ।

यस्तै अवस्थामा हिजो परिक्षण संख्याको करीब २६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । तर आज भने यो दरमा केही कमी आएको देखिएको छ । आज परिक्षण संख्याको २१ दशमलव ३९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

जम्मा १८ हजार ४०८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ९३८ जना संक्रमित भेटिएका छन् । ११ हजार ८७० आरटी पिसिआर परिक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परिक्षणमा ९३१ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये १० वर्षसम्मका बालबालिका ८७ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका २६६ जना छन् । हालसम्म नेपालमा ७ लाख ७३ हजार ८६० जना कोभिड १९ बाट संक्रमित भइसके ।

कोभिड संक्रमण निको हुनेको दर भने दिनहुँ घट्दै गइरहेको छ । संक्रमण निको हुनेको दर ९३ दशमलव ७ प्रतिशतमा झरेको छ ।

हालसम्म कुल संक्रमितमध्ये ६ लाख ६३ हजार ६६३ जनाले कोरोना भाईरसलाई हराउँदै संक्रमणमुक्त भइसके । पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमित निको भएका छन् ।

गएको २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण निको हुनेको कुल संख्या ९ हजार ९९४ पुगेको छ ।

हाल ३४ हजार ४४२ सक्रिय संक्रमित उपचाररत छन् । होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार १०८ रहेको छ भने ३ हजार ३१४ संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ७१३ मध्ये १५८ जना भेन्टिलेटरमा छन् । 

Categorized in राष्ट्रिय