arin enterprises

कोभिडबाट भएको मृत्यु संख्या १० हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७८ श्रावण २२, शुक्रबार

नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

आज थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १० हजार नाघेको हो । गएको २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्यासँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

नेपालमा कोभिड संक्रमणका कारण हुने मृत्यु दर एक दशमलव ५ प्रतिशत रहेको छ ।

आज कोभिड १९ का ३ हजार ७२९ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षण संख्या भने १५ हजार ६७५ थियो ।

९ हजार ४९३ आरटी पिसिआर परिक्षणमा २ हजार ४३० र ६ हजार १८२ एन्टिजेन परिक्षणमा एक हजार २९९ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ७० जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना छन् ।

हालसम्म ७ लाख ७७ हजार ५८९ जना कोभिड १९ बाट संक्रमित भइसके ।

यसै अवधि भित्र घण्टामा कोभिड संक्रमण निको हुनेको संख्या एक हजार ८८५ रहेको छ । हालसम्म ६ लाख ६५ हजार ५४८ जना संक्रमित संक्रमणमुक्त हुन सफल भइसके ।

हाल उपचाररत सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । ३१ हजार ४२७ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ५१५ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

७३२ जना संक्रमित आइसीयूमा छन् तीमध्ये १५८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 

Categorized in राष्ट्रिय