भट्टराईले ओलीलाई भने मुर्ख र चोर
SamacharDesk – बिराज | २०७८ श्रावण २६, मंगलबार

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुर्ख र चोरको संज्ञा दिएका छन् ।
संघीय संसद प्रतिनिधि सभामा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीको सम्वोधनको प्रतिक्रिया दिँदै भट्टराईले यस्तो भनेको हुन् ।
ओलीको सम्वोधनको ट्वीटरमार्फत संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले आफ्नै कुकर्मका कारण सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आएको भन्नुभएको छ ।
आफ्नो ट्वीटको शुरुवातमै भट्टराईले कवितांश यसरी लेखेका छन्, ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मुर्खको’’ !’
पटक पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना नगरेको भन्दै भट्टराईले भनेका छन्, ‘जो चोर, उसैको ठुलो स्वर ।’
Categorized in राजनीति