arin enterprises

२ हजार ६२४ नयाँ संक्रमित थप, निको हुने एक हजार ३२०

SamacharDesk – बिकाश | २०७८ श्रावण ३०, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् ।

आरटी पिसिआर परिक्षणबाट एक हजार ४९७ र एन्टिजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६१ जना १० वर्षसम्मका बालबालिका छन् भने १५८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख ५ हजार १९० पुगेको छ ।

गएको २४ घण्टामा मात्र एक हजार ३२० जना संक्रमित निको हुँदै घर फर्केका छन् । हालसम्म कोभिड संक्रमण निको हुनेको कुल संख्या ६ लाख ८० हजार ८१५ रहेको छ ।

यसै अवधिमा थप २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार २५९ जनाको कोभिड १९ संक्रमणका कारण ज्यान गइसकेको छ ।

सक्रिय संक्रमितको संख्या ४० हजार नजिक पुगेको छ । हाल ३९ हजार ४०५ जना सक्रिय संक्रमित उपचाररत छन् ।

३६ हजार २ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ४०३ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ७६० संक्रमितमध्ये १८६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । 

Categorized in राष्ट्रिय