arin enterprises

आदिवासी चलचित्र महोत्सवमा ७ वटा चलचित्र प्रदर्शन हुने

SamacharDesk – बिराज | २०७८ भाद्र २, बुधबार

नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड यहि आउँदो अगस्ट २१ र २२ तारीखमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ ।

आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अन्तिम छनौटमा परेका चलचित्रहरुको नामावलीसमेत सार्वजनिक गर्दै महोत्सवको मिति पनि घोषणा गरेको हो ।

महोत्सवमा प्रदर्शनको लागि जम्मा ७ वटा चलचित्रहरु अन्तिम छनौटमा परेका छन् । विभिन्न जातजातिको १५ वटा चलचित्रमध्येमा ७ वटा जातिका ७ चलचित्र छनौट भएको आयोजकले जनाएको छ ।

गुरुङ समुदायको चलचित्र मि न्होर्वै ट छनौट भएको छ भने तामाङ चलचित्र प्रङना पनि महोत्सवमा प्रदर्शन गरिने भएको छ ।

ह्योल्मो चलचित्र मेतोक, नेवाः चलचित्र जामनः गुभाःजु, मगर भाषाको ट््याङचलाक, राई चलचित्र सायाबुङ र लिम्बु चलचित्र केः प्रदर्शन गरिनेछ ।

महोत्सवको पहिलो दिनमा के, ट्याङचलाक, मेतोक, सायाबुङ र प्राङना गरी पाँचवटा चलचित्र प्रदर्शन गरिनेछ । त्यस्तै भोलिपल्ट २२ तारीखका दिनमा नेपालभाषाको चलचित्र जामनः गुभाःजु र गुरुङ चलचित्र मि न्होर्वै ट प्रदर्शन गरिनेछ ।

चलचित्रको प्रदर्शनी अमेरीकाको न्यूयोर्क, एभे वुडसाइडमा हुनेछ । 

Categorized in पेजथ्री