arin enterprises

१२ वडा भवनको शिलान्यास

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र ३, बिहिबार

काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमासांस्कृतिक पूजा गर्दै शाक्यले भवनको शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा शाक्यले सुन्दर बगैँचा र खुल्ला स्थानसहित पचली क्षेत्रमै वडा भवन बनाउने योजना बनाएको विवाद देखिएपछि पुरानै ठाउँमा भवन बनाउने निर्णयमा पुगेको बताउनुभयो ।

वडाध्यक्ष विकास डंगोलले भ्याटसहित भवनको ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएकोमा खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ हजार ६७० रुपैयाँमा निर्माण पक्षले यसको जिम्मेवारी पाएको बताउनुभयो ।

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार जमिनतलासहित ६ तले भवन बन्नेछ । अपाङ्गमैत्री भवनमा ६ जना क्षमताको लिफ्ट पनि जडान श्रेष्ठले बताउनुभयो ।

Categorized in स्थानीय