arin enterprises

कामपा १९ वडाका वडाध्यक्ष श्रेष्ठको निधन

SamacharDesk – बिराज | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ ।

६५ वर्षीय श्रेष्ठको आज (बिहिबार) साँझ ४ः३० बजे निधन भएको हो । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडीबाट उहाँ नर्भिक अस्पताल भर्ना भई उपचाररत हुनुहुन्थ्यो । श्रेष्ठ क्यान्सर रोगबाट पिडित थिए ।

गएको स्थानीय तहको निर्वाचनमा उनी कामपा १९ वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

यसपटक समेत गरेर उनी ३ पटकसम्म वडाध्यक्षमा चुनिएका थिए भने एक कार्यकाल वडा सदस्यको रुपमा पनि उनले वडामा योगदान दिनुभएको छ ।

श्रेष्ठकोे परिवारमा श्रीमति र एक छोराको साथमा ३ छोरीहरु छन् ।

उनको भोलि अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अगाडी अन्तिम श्रद्धान्जलीको लागि उनको पार्थिव शरीरलाई भोलि विहान ९ बजे वडा कार्यालयमा राखिने भएको छ ।

श्रेष्ठको निधनको शोक भोलि एक दिन महानगरले शोक विदा दिने बताइएको छ ।

स्वर्गीय श्रेष्ठलाई मृदुभाषी एवम् शालिन व्यक्तित्वको रुपमा लिइन्छ । 

Categorized in स्थानीय