arin enterprises

‘जम्मु काश्मिरका मुसलमानको पक्षमा बोल्ने अधिकार हामीसँग छ’ – तालिबान

SamacharDesk – बिराज | २०७८ भाद्र १८, शुक्रबार

तालिबानका प्रवक्ता सुहैल शाहीनले आफुहरुलाई जम्मु काश्मिरका मुसलमानहरुको पक्षमा आवाजÞ उठाउने अधिकार भएको दावी गरेका छन् ।

बीबीसीलाई जुममार्फत दिएको अन्तर्वार्तामा प्रवक्ता शाहीनले एक मुसलमान भएको कारण भारतको काश्मिरमा या अन्य कुनै देशमा मुस्लिमहरुको लागि आवाज उठाउने अधिकार आफुहरुसँग भएको बताए ।

शाहीनले अमेरिकासँग भएको दोहा समझौताबारे बताउँदै कुनै पनि देशविरुद्ध सशस्त्र अभियान चलाउने आफ्नो नीतिको हिस्सा भएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू काश्मिरको स्वायत्तता समाप्त गर्ने निर्णय पछि त्यहाँ बसोबास गर्दै आएका मुसलिम समुदाय रुष्ट छन् ।

गत ४ दशकदेखि काश्मिर भारत–पाकिस्तान बीच विवादको विषय बनिरहेको छ । वर्तमान समयमा पाकिस्तान समर्थित तालिबानले अफगानिस्तानमा कब्जा गरिसकेपछि तालिबानको नजर जम्मू काश्मिरमा पर्न सक्ने भन्दै भारतमा त्रास बढेको छ ।

यसै बीच शाहीनले भारतीय पत्रकार दानिश सिद्दीकीको हत्या सम्वन्धमा आफुसँग कुनै जानकारी नभएको बताएका छन् ।

‘कसले गोली हानेर उनको हत्या गरे, त्यो हामीलाई जानकारी छैन । त्यो एउटा घटना हो, जहाँ गोली हानाहान भएको थियो’ प्रवक्ता शाहीनले भने ।

पत्रकार सिद्दीकी समाचार एजेंसी रोयटर्सको लागि काम गर्थे । उनी अफगानिस्तान सेनाको एउटा टोलीसँग थिए । सोही टोलीलाई तालिबानले हमला गरेको थियो ।

शाहीनले सिद्दीकीको हत्यासँग सम्वन्धित सबै जानकारी संचारमाध्यमबाट सार्वजनिक गर्ने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय