जापानका प्रधानमन्त्रीले पार्टी प्रमुखको निर्वाचन नलड्ने
SamacharDesk – बिराज | २०७८ भाद्र १८, शुक्रबार

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिएका छन् ।
प्रधानमन्त्री सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिँदै पार्टी नेतृत्वको चुनाव समेत नलड्न् घोषणा गरेको बीबीसीले जनाएको हो ।
सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का महासचिवले पार्टीको कार्यकारिणी बैठकमा सुगाले अहिले आफुले कोरोना संक्रमणको नियन्त्रणमा पूरा ध्यान दिन चाहेकोले पार्टी नेतृत्वको चुनाव नलड्ने घोषणा गरेको जानकारी दिए ।
सत्ताधारी एलडीपीले आउँदो २९ सेप्टेम्बरमा पार्टी प्रमुखको निर्वाचन गर्न लागेको छ । पार्टी प्रमुखले नै सरकारको नेतृत्व गर्ने सम्भावना बढि हुन्छ । हाल जापानी संसदमा एलडीपीको बहुमत छ ।
पछिल्लो समय जापानमा कोरोना संक्रमणको अवस्थालाई लिएर सुगाको निकै आलोचना भइरहेको छ ।
जापानमा हाल कोरोना संक्रमण बढ्दो अवस्थामा छ । त्यहाँ हालसम्ममा १५ लाख बढि मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसके भने खोप अभियान निकै सुस्त देखिएको छ ।
यस्तो अवस्थाले सरकारको निकै आलोचना भइरहेको बेला महामारीको अवस्थाका बीचमै ओलम्पिक खेलको आयोजना गरिएपछि सुगाको लोकप्रियता झन घटेको हो ।
एक वर्ष अगाडी तत्कालीन प्रधानमनत्री शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय