मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरको नेतृत्व
SamacharDesk – बिराज | २०७८ आश्विन २४, आइतबार

मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ ।
शनिबार सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जोशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाको विनियम बमोजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियो ।
ऋण उपसमितिमा संयोजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयोजक डा. उज्ज्वल जोशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् ।
संस्थाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक साधारणसभाको उद्घाटन सत्र गत हप्ता अर्थात असोज १६ गते शनिबारै सम्पन्न गरेको थियो ।
नियामक निकायले निर्देश गरेबमोजिम यो वर्ष सीमित सदस्यहरूको उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका महानुभावहरूको भौतिक उपस्थिति र अन्य सदस्यहरूको अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थामा एक हजार ३ सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूको संख्या ८१६ हो । सहकारी संस्थाको चालू आ.व.मा जम्मा दायित्व १५ करोड ७१ लाख ९१ हजार ९९३ रूपैयाँ पुगेको छ ।
Categorized in बिजनेस