arin enterprises

रेग्मीलाई निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

SamacharDesk – बिराज | २०७८ पौष १४, बुधबार

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नका लागि सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले सो आदेश जारी गर्दै रेग्मीलाई गरेको कारबाहीको विषयमा मन्त्रालयसँग लिखित जवाफसमेत माग गरेको छ । साथमा सर्वोच्चले दुबै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ ।

विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै रेग्मीलाई मन्त्रालयले लिखित स्पष्टीकरण सोधेको थियो ।

गत पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Categorized in राष्ट्रिय