बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
SamacharDesk – बिराज | २०७८ माघ २४, सोमबार

नेपालमा निकै लोकप्रिय मोटरसाइकल बजाजको नयाँ सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्यान्डमा खुलेको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत ब्रदर अटो प्रा. लि ले टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसँगै शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
ब्रदर्स अटोका संचालक विनोद चौलागाईंले सेन्टरको उद्घाटन गर्नुभयो ।
ब्रदर अटोले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट सेल र सर्भिसिङ सेन्टर दावी गरेको छ ।
नेपालमा सबभैन्दा बढि बिक्री हुने दावी गरेको अटोमोबाइल ब्रान्ड बजाजले सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको बताएको छ ।
ब्रदर अटोका सन्चालक दिलिप आचार्यले यस सेन्टरमा १५ बर्षदेखिको अनुभवी दक्ष प्राविधिकहरूबाट सेवा दिइने बताउनुभयो । सर्भिसिङ सेन्टरका सर्भिस मेनेजर सुमन श्रेष्ठले यहाँ जम्मा ६० मिनेटमा सर्भिसिङ हुने दावी गर्नुभयो ।
Categorized in बिजनेस