arin enterprises

चन्द्रागिरि नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ माघ २४, सोमबार

चन्द्रागिरि नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको आज उद्घाटन भएको छ ।

हालै निर्माण सम्पन्न भएपश्चात नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले संयुक्त भवनको उद्घाटन गर्नुभएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजवैद्य र नगर प्रमुख गिरीले ताम्रपत्र अनावरण गर्दै भवनको उद्घाटन गरेका थिए ।

भवन उद्घाटन समारोहमा विभिन्न सम्मानसमेत प्रदान गरिएको थियो ।

नगरपालिका र विषयगत कार्यालयहरुकोतर्फबाट नगरपालिकाको प्रशासन शाखामा कार्यरत सिता कार्की र थानकोट प्राथमिक अस्पतालमा कार्यरत डा.हेमनाथ शर्मालाई नगदसहित दोसल्ला ओढाएर उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।

समारोहमा राजवैद्यको साथमा वडा नं १२ का अध्यक्ष प्रकाश श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो भनाईसहित नगरपालिकालाई शुभकामना दिएका थिए ।

नगर प्रमुख घनश्याम गिरी भवन बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नगरपालिकाको दैनिक प्रशासनिक कामकाज केहि दिनपछि सोही नवनिर्मित भवनबाट संचालन हुने जानकारी गराउनुभयो ।

समारोहमा जिसस काठमाडौंका उप प्रमुख सरिता दहाल, चन्द्रागिरी नगरपालिकाकी उप प्रमुख लिशा नकर्मी, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाली सेना जगदल गण छाउनीका प्रमुख सेनानीलगायतको उपस्थिती रहेको थियो । 

Categorized in स्थानीय