arin enterprises

आईपीएलको नयाँ टिम अहमदावादको नाम र कप्तान सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २५, मंगलबार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ टिम अहमदावादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको छ ।

सोमबार एक कार्यक्रममा अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको हो ।

अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम “अहमदाबाद टाइन्टस” राखेको छ भने कप्तानी हार्दिक पान्डयाले गर्ने छन् ।

यस्तै अहमदावाद टिमको स्वामित्व सिभिसी क्यापिटल्स पार्टनरको रहेको छ । सिभिसी क्यापिटलले ५ हजार २ सय करोड भारतीय रूपैयाँमा अहमदावादलाई  खरिद गरेको हो ।

यो टिमको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हुनेछ ।

यहि मार्चको अन्तिम साताबाट आयोजना हुने बताईएको नयाँ संस्करणको आईपीएलमा अब १० टोलीको सहभागिता हुनेछ । यस अघि ८ टोलीले खेल्दै आएका थिए ।

तर आईपीएलमा १० टिम सहभागी हुन् लागेका यो पहिलो पटक भने होइन । यसअघि सन् २०११ म पनि १० टिम सहभागी थिए ।

त्यो बेला आईपीएलमा पुने वारियर्स र कोच्ची टस्कर्स केरेलालाई समावेश गरिएको थियो । धेरै विवाद हुँदा कोच्चीलाई एउटा सिजन पछि हटाउँदा सन् २०१४ देखि पुनः आईपीएलमा ८ टिम खेल्न थालेका थियो ।

नयाँ संस्करणको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।

Categorized in स्पाेर्ट्स