सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ २५, मंगलबार

काठमाडौंको बुढानीलकण्ठबाट चोरीको सामानसहित २ जनालाई पक्राउ गरिएको छ ।
बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको सामान लग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी बस्ने रौतहट चन्द्रपुर नगरपालिका–७ घर भएका ३० वर्षीय अलि अक्तर मन्सुर र सोही ठाउँ बस्ने १९ वर्षीय आकास चौधरी रहेका छन् ।
उनीहरुको साथबाट फलामको सेफ र ४२ इन्चको १ थान सोनी टिभि बरामद गरिएको छ । उनीहरूलाई उक्त टिभि र फलामको सेफलाई सिरक र तन्नाले बेरी लुकएर ठेला रिक्सामा लग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले ती दुई जनालाई पक्राउ गरेको हो । उनीहरू उपर महानगरीय प्रहरी बृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Categorized in अपराध