arin enterprises

अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको टी २० सिरिज स्थगित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २६, बुधबार

न्यूजिल्यान्डमा हुने भनिएको न्यूजिल्यान्ड र अष्ट्रेलियाबीचको टी २० सिरिज क्रिकेट स्थगित भएको छ ।

आउँदो मार्च १७ बाट हुने भनिएको त्रिदिवशीय टी २० सिरिजका लागि अष्ट्रेलिया न्यूजिल्यान्ड नजाने भएपछि सिरिजस्थगित भएको हो ।

कोभिड महामारी नियन्त्रणका लागि न्यूजिल्यान्डमा जारी प्रतिवन्धका कारण अष्ट्रेलिया न्यूजिल्यान्ड नजाने भएको हो ।

अष्ट्रेलिया क्रिकेट टीमले बुधबार ट्वीटरमार्फत आफुले न्यूजिल्यान्ड भ्रमण स्थगित गरेको जानकारी गराएको हो । 

Categorized in स्पाेर्ट्स