arin enterprises

प्रिमियर लिगमा लिभरपुलले बर्नलेलाई हरायो

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्नलेलाई १–० ले हराएको छ ।

बर्नलेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४० औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा सिमित गरेको छ । २५ खेलबाट म्यान सिटीको ६३ अंक छ भने २४ खेल खेलेको लिभरपुलको ५४ अंक भएको छ ।

इंग्लीश प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई वुल्भरह्याम्पटन वान्डरर्सले २–० ले हराउँदा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गरेको छ ।

गएराति वेष्ट ह्याम युनाइटेड र लेष्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स