arin enterprises

इजरायलबाट फर्केर भक्तपुरमा पसल

SamacharDesk – बिराज | २०७८ फाल्गुण ३, मंगलबार

भक्तपुरको ब्यासी टोलमा खजुरीको पसल खुलेको छ ।

इजरायलमा १० वर्षको बसाईँपछि नेपाल फर्केका नरेश श्रेष्ठले ब्यासीमा विभिन्न दैनिक उपभोग्य सामग्रीको ग्रोशरी स्टोरको शुरुवात गरेका हुन् ।

‘१० वर्ष इजरायल बसें, केही कमाएँ पनि होला तर, अब आफ्नै माटोमा केही गर्नुछ भनेर नेपाल फर्केर आफ्नो व्यवसाय शुरु गरेको छु’ श्रेष्ठले भने ।

करीब ५० लाख रुपैयाँको लगानीमा व्यवसायको शुरुवात गरेको श्रेष्ठले जानकारी दिए ।

खजुरीको ब्रान्डको शाखाको रुपमा खोलिएको पसलको नाम नै खजुरीको पसल राखिएको छ । उक्त पसलमा खाद्य सामग्रीको साथै दैनिक उपभोग्य सामग्रीहरु राखिएका छन् ।

हाल पसलको उद्घाटनको अवसरमा १० प्रतिशतसम्मको छुटको सुविधासमेत दिइएको छ । शनिबारबाट शुरुवाट गरिएको पसलमा १० दिनको लागि छुटको सुविधा दिइने बताइएको छ ।

साथै यसै स्टोरबाट मेम्बरसीपसमेत बनाउन सकिनेछ । मेम्बरहरुले खजुरीको ब्रान्डको हरेक शाखाबाट छुटसाथै समय अनुसार आउने विभिन्न अफरहरुको सुविधा लिन सकिने बताइएको छ ।

Categorized in बिजनेस