रहेनन् चर्चित कलाकार जयनन्द लामा
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ११, बुधबार

चर्चित कलाकार तथा लोक गायक जयनन्द लामाको निधन आज विहान भएको छ ।
आज विहान करीब ७ बजेतिर उनी लोकन्थलीस्थित आफ्नै घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत भेटिएका थिए । आज बिहान ७ बजेतिर बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।
उनी हिजो मंगलबार विहान बौद्धमा एउटा वैठकमा सहभागी हुन भन्दै घरबाट निस्किएका थिए । मंगलबार राति घर फर्केका लामाको कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको जन्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पामा भएको थियो । लामाले थुप्रै टेलिश्रृङ्खलाहरु र चलचित्रहरुमासमेत आफ्नो अभिनयको प्रतिभा देखाएका छन् ।
मनको बाँध, छक्कापञ्जालगायतका चलचित्रहरुमा उनले अभिनय गरेका थिए । उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, लगायत थुप्रै लोकगीतहरु चर्चित छन् । लोकगीत संकलनमा समेत उनको योगदान रहेको छ ।
Categorized in पेजथ्री