arin enterprises

युक्रेनमा भएका नेपालीहरुलाई परराष्ट्रको अनुरोध

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ११, बुधबार

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेको नेपालीहरुलाई देश फर्कन अनुरोध गरेको छ ।

बढ्दो रुस र युक्रेनबीचको तनावलाई मध्यनजर गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो ।

अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ बढी नेपाली सम्पर्कमा रहेको र उनीहरु सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

उक्त सूचनामा भनिएको छ, ‘युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको छ’, मन्त्रालयले सूचनामा थप भनेको छ, ‘त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारी गराइन्छ।’

Categorized in राष्ट्रिय