arin enterprises

लिड्स युनाइटेडको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १२, बिहिबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० गोलको सानदार जित निकालेको हो ।

आफ्नो घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलको १५ औं मिनेटमा मोहम्मद सालाहको पेनाल्टी गोलबाट लिभरपुल अग्रता लिएको थियो । ३०औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३५ औं मिनेटमा सालाहले पुनः पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

त्यस्तै दोस्रो हाफको ८० औं र ९०औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा ५–० ले अघि बढाए । भर्जिल भान डाइकले इन्ज्युरी समयमा गोल गरेपछि लिभरपुललाई फराकिलो जित दिलाए ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याएको छ ।

दोस्रो स्थानको लिभरपुलले २६ खेलबाट ६० अंक जोडेको छ ।

शीर्ष स्थानको सिटिको समान खेलबाटै सिटीको ६३ अंक छ भने पराजित लिड्स २५ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स