arin enterprises

म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १२, बिहिबार

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकेको छ  । 

बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस् क्लब एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

एट्लेटिकोको घरेलु मैदान मेट्रोपोलिटानो स्टेडियममा खेलेको खेलको ७ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

खेलको ८० औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

अब दुई टोलीबीचको खेल युनाईटेडको घरेलु मैदान ओल्ड ट्राँफर्ड मा मार्च १६ को रातमा हुने छ । 

Categorized in स्पाेर्ट्स