बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १३, शुक्रबार

स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहिबार राती इटालियन क्लब नेपोलीलाई समग्रमा ५–३ गोलले हराउँदै बार्सिलोना अन्तिम १६ मा पुगेको हो ।
नेपोली बिरुद्ध बार्सिलोनाले पहिलो लेग १–१ गोलको बराबरी खेले पनि दोस्रो लेगमा भने ४–२ गोलले सहज जित निकाल्यो ।
नेपोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियमा खेलेको खेलको ८ औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाइ अग्रता दिलाए । १३ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
२३ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३–१ अघि रह्यो ।
त्यस्तै दोस्रो हाफको ५९औं मिनेटमा पिएर एमरिक ओबामियाङको गोलबाट बार्सिलोना ४–१ को नतिजामा पुग्यो ।
८७ औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै घरेलु टोलीलाई गोल अन्तर कम गराए पनि खेलमा फर्काउन भने सकेनन् ।
खेलको बाँकि समयमा अरु गोल गर्न नसक्दा बार्सिलोनाले खेल आफ्नो पोल्टामा पारे ।
Categorized in स्पाेर्ट्स