arin enterprises

रुसी आक्रमणको विरोधमा युरोपेली क्लबका खेलाडी र समर्थकहरु

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १३, शुक्रबार

युरोपेली क्लबका खेलाडी र समर्थकहरुले युक्रेनमाथि गरिएको रुसी आक्रमणको विरोध गरेको छ ।

बिहीबारबाट रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणकोे विश्वभर विरोध भईरहँदा गएराति भएको युरोपा लिग अन्तर्गतको खेलहरुमा युरोपियन क्लबका खेलाडी र समर्थकहरुले पनि यसको विरोध गरेको हो ।

बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ‘स्टप वार’ लेखिएको ब्यानर देखाएका थिए ।

इटालियन क्लब एट्लान्टाबाट खेलिरहेका युक्रेनी स्ट्राइकर रुस्लान मालिनोभास्कीले युरोपा लिगको खेलपछि ‘नो वार इन युक्रेन’ लेखिएको टिसर्ट देखाएका थिए ।

त्यस्तै रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्ग र रियल बेटिसविरुद्धको खेलमा स्पेनिस क्लबका समर्थकले युक्रेनी झण्डा प्रदर्शन गरेका थिए । 

Categorized in स्पाेर्ट्स